नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।
नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमङ्ग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको जनाएको छ । यस आकर्षक योजनाअन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।
त्यसैगरी सीजी/एलजी डिजिटलबाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी पिओएस तथा ई–कमर्शमार्फत भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकहरूले २ हजार ७९ नगद फिर्ता पाउने छन् ।
देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको जनाइएको छ । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको ई–सर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।
बैंकले फोन–पेसँग सहकार्य गर्दै एनआईसी एशिया मो–बैंकमार्फत २०७८ चैत्र ३० का दिन क्युआर भुक्तानी गर्नुहुने ग्राहकहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । यस योजनाअन्तर्गत एक जना ग्राहकले अधिकतम ३ वटासम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त गर्न सक्नेछन् । साथै, सो दिन क्युआर भुक्तानी गर्नुहुने र क्युआर भुक्तानी लिने १०÷१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सो क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर प्राप्त गर्नेछन् ।