काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज (बुधवार) दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न नेपाली काँग्रेसले आजको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा सहभागी हुन कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



बैठकको मुख्य एजेण्डामा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल रहेको पौडेलले जानकारी दिए । त्यस्तै बैठकमा केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ ।

सम्बन्धित समाचार