नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ५०० रुपैयाँ रहेकोमा मंगलबार रु १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार रहेकामा मंगलबार प्रतितोला रु १ लाख ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ४०० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार ३८० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९६९ डलर आसपास कारोबार भइरहेको छ ।