नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार रुपैयाँ रहेकोमा बुधबार रु १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु १ लाख १ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ४१५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ४०० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।