नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।

ललितपुरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन् ।
प्रहरीले तास खेलिरहेको अवस्थामा राजेशसहित ११ जनालाई बुधबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

