सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा टुंगो लगाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भोलि (सोमबार) सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको हो ।

पहिलो चरणमा महानगर उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकरी दिए । महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति यसअघि नै सत्तारुढ गठबन्धन गरिसकेको थियो । देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् ।



त्यस्तै बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको विषयमा पनि छलफल गरेको थियो । त्यसैगरी गठबन्धनको बैठकले स्थानीय तह चुनावका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिने निर्णय पनि गरेको छ । यस्तै, बाँकी रहेका सबै प्रदेशमा निर्वाचनको तयारी र कार्यदलबाट प्रतिवेदन लिने निर्णय भएको मल्लले बताए ।

 

सम्बन्धित समाचार