प्रचण्ड, यादव र भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (आइतबार) सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको बुझिएको छ । त्यस्तै भेटमा स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा पनि छलफल भएको एक स्रोतले बतायो । भेटमा काँग्रेससँग सबै स्थानीय तहमा चुनावी तालमेल हुने स्थिति नभएमा जसपा र माओवादी एक आपसमा मिलेर जाने विषयमा समेत छलफल भएको बुझिएको छ ।



तीन नेताबीच बिहान ११:४५ देखि १२:२० सम्म सामूहिक रुपमा छलफल भएको थियो ।

सम्बन्धित समाचार