स्थानीय तहको निर्वाचन सर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्धारित मितिमै निर्वाचन हुने भन्दै निर्वाचन नसर्ने बताएका हुन् ।

निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको भन्दै प्रचण्डले निर्वाचन नसर्ने जिकिर गरे । उनले स्थानीय तहको निर्वाचनमा दलहरू देशव्यापी अभियानमा लागेको बताए ।



‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा दलहरू देशव्यापी अभियानमा छन् । निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि मिडिया र विभिन्न व्यक्तिले आशंकाले हेर्ने गरिएको छ । निर्वाचन सर्दैन, वैशाख ३० गते नै निर्वाचन हुन्छ । त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने

 

 

सम्बन्धित समाचार