स्रोत नखुलेको भारतीय रूपैयाँ सहित नरेश पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट स्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँ सहित भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नरेश कुमारलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।



उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।

सम्बन्धित समाचार