बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार) बिहान ६ बजेर ३ मिनेटमा बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।



भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

सम्बन्धित समाचार