गठबन्धनको विषयमा यसो भने शशाङ्क कोइरालाले

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् । मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए ।



उनले भने ‘निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।’ कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए ।

सम्बन्धित समाचार