यस्तो छ जसपाको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

जनता समाजवादी पार्टी (जसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (बुधबार) जसपाले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

‘गाउँ—गाउँ सहर—सहर जाऔँ, जसपा, नेपाललाई जिताऔँ’ भन्ने मूल नारा बोकेको जसपाले यस स्थानीय निर्वाचनलाई उच्च महत्व दिएको भन्दै सम्पूर्ण नागरिक तथा मतदाताको सक्रिय तथा सार्थक सहभागिताको अपेक्षा गरेको छ । पार्टीको घोषणापत्रमा पालिकाहरूको स्थानीय बिशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने, महानगरहरूमा नगररेल सेवा विकासको संभावनाबारे अध्ययन गर्ने, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुर्याउने, सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको रू २०० सम्मको खानेपानी विल नि:शुल्क गर्ने, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिनेलगायतका विषय उल्लेख गरिएको छ ।



‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने, कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाइने आवश्यक सबै कर्मचारीलाई न्युनतम कम्प्युटर शिक्षाको तालिम दिइने, सेवाग्राहीले वडा तथा पालिका केन्द्रसम्म आइपुग्न घण्टा बढीको पैदल यात्रा गर्नु पर्ने भए जन्म, मृत्यु, विवाह दर्ताजस्ता आधारभूत सेवा प्राप्त सुचनाका आधारमा घरघरमा गएर दिइने’ जस्ता कार्यक्रम घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ जसपाको चुनावी घोषणापत्र :

 

सम्बन्धित समाचार