नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको छ । आज (शुक्रबार) ललितपुर महानगर कार्यसमितिको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको हो ।
यसैगरी महानगर कार्यसमितिको बैठकले मेयरको नाम भने सिफारिस गरेको छैन । यसअघि सत्ता गठबन्धनभित्र भएको सहमतिमा ललितपुर महानगर मेयरमा कांग्रेसले र उपमेयर माओवादीले लिने सम्झौता भएको थियो ।
महानगर कार्यसमितिको बैठकले उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए ।

