जन्ती जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

सप्तरीमा जन्ती जाँदै गरेको दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएका थिए ।



मृत्यु हुनेमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादव रहेको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए ।

 

सम्बन्धित समाचार