तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१५ बस्ने ५२ वर्षीय याम बहादुर डाँगीको घरमा तास खेलिरहेको अवस्थामा डाँगी सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

डाँगीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार