नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेको हो ।
काँग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । काँग्रेसले ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।
घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यम लगायतमा जोड दिएको छ । त्यसैगरी अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ । घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा काँग्रेसले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला काँग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।
काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक (पूर्णपाठ):