मेयरमा उठ्न केशव स्थापितले दिए राजीनामा

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन् । काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिए । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए



उनीहरू दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार