नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौँ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेविसंघ, महिला संघ हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय थिइन् । उनी काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी छिन् । उनलाई मेयर उठाउनुपर्ने महिला संघ र काठमाडौँ नेविसंघले माग गर्दै आएका थिए।

