काठमाडौंको मेयरमा सिर्जना सिंहद्वारा मनोनयन दर्ता

नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन् । आज(सोमबार) सिंहले काठमाडौँको राष्ट्रिय सभा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उवले मनोनयन दर्ता गराइन् । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै उनले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडा स्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवा वर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताइन् ।



त्यस्तै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित समाचार