बागी उम्मेदवारलाई काँग्रेसले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

नेपाली काँग्रेसले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । आज (शुक्रबार) कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै त्यस्ता विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए । ‘२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते बिहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।



निर्वाचन आयोगले आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । त्यस्तै काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरेका छन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार