केशव स्थापितलाई कारबाहीको माग गर्दै ४५ अधिकारवादी संस्थाले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

नेकपा एमालेलबाट काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरेका छन् । एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता युवतीमाथि आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेका स्थापितलाई कारबाही गर्न माग गर्दै ४५ वटा स्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले अपमानजनक र अमानवीय व्यवहार तथा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए । स्थापितको अभिव्यक्तिप्रति महिला संगठनले आपति जनाएका छन् ।



संगठनले स्थापितलाई पार्टीले तुरून्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्ने माग गरेका छन् । स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार