नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ वैशाख
वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेसले आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाइ तीव्र बनाएको छ । बिगतमा गुमेको ककनीको साँख फर्काउने हेतुले पालिका र आठ वटै वडाहरु विजय गराउन उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर मतदातासमक्ष पुगेका हुन् ।
पालिका अध्यक्षका उम्मेदवार नवराज घिमिरे भन्छन्, ‘काँग्रेसको जनलहर देशैभरी फैलिएको छ । ककनी गापामा पनि कार्यकर्ताहरुको उत्साहजनक सहभागिता पाइयो । हामी राम्रो मतले विजयी हासिल गर्नेछौँ ।’
ककनीको वडा नं १ बाट उम्मेदवारमा चुणामणी फुयाँल, वडा नं २ बाट उम्मेदवार तिलक लामा, वडा नं ३ बाट उम्मेदवार श्री हरी ढकाल, वडा नं ४ बाट उम्मेदवार सुपोल तामाङ्ग, वडा नं ५ बाट उम्मेदवार बुद्ध राज लामा, वडा नं ६ बाट उम्मेदार राजकुमार लामा, वडा नं ७ बाट उम्मेदवार रामकृष्ण तामाङ्ग र वडा नं ८ बाट उम्मेदवार गोबिन्द श्रेष्ठ चुनावी मैदानमा उत्रेका छन् ।
कम्युनिष्टहरु फुटेर विभाजित हुँदा काँग्रेस देशकै अभिभावकीय पार्टीको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । ककनीका स्थानीयहरुको काँग्रेस प्रतिको जन विश्वास र जनलहर स्वत:स्फुर्त रुपमा देख्दा ककनी गापामा काँग्रेसको जित सुनिश्चित छ भन्ने अनुमान लगाउन सकिन्छ ।