भोलि सार्वजनिक बिदा (सूचनासहित)

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (सोमबार) एक सूचना जारी गर्दै गृह मन्त्रालयले मंगलबार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।



‘नेपाल राजपत्रमा मिति २०७८/११/२६ मा प्रकशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा वि.स २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना :

सूचना :

 

सम्बन्धित समाचार