नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।
अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम रहेको सूचना दिएपछि बन्द रहेको आन्तरिक उडान–अवतरण सूचारु भएको छ । आज(बुधबार) बिहान अज्ञात व्यक्तिले बम रहेको खबर दिएपछि आन्तरिक उडान–अवतरण ठप्प भएको हो ।
विमानस्थलमा बम नभएको पुष्टि भएसँगै एक घण्टासम्म बन्द भएको विमानस्थल संचालनमा आएको छ । आज बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।
बम रहेको सूचना पाएपछि यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।