अहिलेकै खोपले कोभिडका नयाँ भेरियन्टलाई पनि काम गर्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ ।

ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । विश्वमा कोभिडका सङ्क्रमितहरूका सङ्ख्या घट्दै गएको पाइएको छ । साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।



यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त सङ्गठनको भनाई छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरूको तुलनामा निकै नै बढी थियो । तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ ।

सम्बन्धित समाचार