नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन् ‘ आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पौडेलले गठबन्धनले निर्वाचन जितेपछि सुशासनका लागि पर्याप्त काम गर्नुपर्ने बताए । उनले हँसिया हथौडामा छाप हान्दैनौँ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको बताए । गठबन्धन सफल भए नेपाल पनि सफल हुने पौडेलको भनाई छ ।
पौडेलले भने, ‘हँसिया हथौडामा छाप हान्दैनौँ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको छ । म मेरा साथीहरुलाई भन्न चाहन्छु, संकीर्णता समातेर होइन, अलिकति खुला भएर संविधान र लोकतान्त्र जोगाउने गठबन्धनको सिमानामा जोडिनुस् । यो अग्रगामी र प्रगतिशील गठबन्धन हो ।’ गठबन्धनका दलहरुले ६ महानगरमा भागबन्डा गरेको भन्दै पौडेलले खुला दिलले एक अर्कालाई सहयोग गर्नुपर्ने उद्घोष गरे । नेता पौडेलले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताए ।