नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।
वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेसले आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । बिगतमा गुमेको ककनीको साँख फर्काउने हेतुले पालिका र आठवटै वडाहरु विजय गराउन उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर मतदातासमक्ष पुगेका हुन् ।
पालिका अध्यक्षका उम्मेदार नवराज घिमिरे भन्छन्, ‘काँग्रेसको जनलहर देशैभरी फैलिएको छ । ककनी गापामा पनि कार्यकर्ताहरुको उत्साह जनसहभागिता पाइयो । हामी राम्रो मतले विजयी हासिल गर्नेछौँ ।’ ककनीको वडा नं १ बाट उम्मेदवारमा चुणामणी फुयाँल, वडा नं २ बाट उम्मेदवार तिलक लामा, वडा नं ३ बाट उम्मेदवार श्री हरी ढकाल, वडा नं ४ बाट उम्मेदवार सुपोल तामाङ्ग, वडा नं ५ बाट उम्मेदवार बुद्ध राज लामा, वडा नं ६ बाट उम्मेदवार राजकुमार लामा, वडा नं ७ बाट उम्मेदवार रामकृष्ण तामाङ्ग र वडा नं ८ बाट उम्मेदवार गोबिन्द श्रेष्ठ चुनावी मैदानमा उत्रेका छन् ।
कम्युनिष्टहरु फुटेर विभाजित हुँदा काँग्रेस देशकै अभिभावकीय पार्टीको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । ककनीका स्थानीयहरुको काँग्रेसप्रतिको जनविश्वास र जनलहर स्वत:स्फुर्त रुपमा देख्दा ककनी गापामा काँग्रेसको जित सुनिश्चित छ भन्ने अनुमान लगाउन सकिन्छ । ७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता मानबहादुर लामाले जितेको ककनीमा ५ वर्षमा विकासले शुन्यता पायो, भष्ट्रचार मौलायो, कार्यमूल्याकंनमा ३७ औ नम्बरमा पर्दा ककनीको साँख गिरेको अनूभूति ककनीबासीले गरेका छन् ।
समृद्ध र विकसित ककनी बनाउन पनि नेपाली काँग्रेसका युवा नेता नवराज घिमिरेलाई जिताउन ककनीबासीको आवश्यकता छ । ‘ककनी पालिकालगायत धेरै वडाहरुमा अहिले काँग्रेसले जित हात पार्ने निश्चित छ’ अध्यक्ष घिमिरे बताउँछन् ।