युक्रेनको मारिउपोलको अजोभस्टलबाट ५० नागरिकको उद्धार

जारी रुस-युक्रेन युद्धबाट घेरामा परेको शहर मारिउपोलमा रहेको आजोभस्टल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शुक्रबार बताएका छन् ।

‘उद्धार कार्य अत्यन्त सुस्त थियो। यद्यपि, आज हामीले आजोभस्टलबाट ५० जना महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न सफल भयौं,’ भेरेश्चुकले फेसबुकमा लेखेका छन्। उद्धार कार्य शनिबार बिहान जारी रहनेछ ।



यसअघि युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले युक्रेनले मारिउपोलबाट करिब ५०० नागरिकलाई बाहिर निकालेको बताएका थिए । पूर्वी युक्रेनको प्रमुख अजोभ समुद्री बन्दरगाह शहर मारिउपोलले रुस-युक्रेन द्वन्द्वमा सबैभन्दा खराब हिंसा देखिएको छ ।

सम्बन्धित समाचार