नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई गरिबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहेको बताएका छन् । आज (आइतबार) पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणा सार्वजनिक गरेका हुन् ।
अध्यक्ष ओलीले राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि नबढाएको भन्दै सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित नरहेको आरोप लगाए । त्यस्तै अपिलमा उनले नेपाली काँग्रेस फेरि एकपटक नेपाल र नेपालीको विकास, स्थिरता र स्थायित्वका लागि अवरोध बनेर उपस्थित भएको भन्दै यसलाई पन्छाउन जरूरी रहेको अपिल गरेका छन् ।
‘यसैबीच नेपाली काँग्रेसको षड्यन्त्रले चरम उत्कर्ष लियो । काँग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्त्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीति र देश हितका सन्दर्भमा उल्टो बाटो समात्यो’, ओलीले काँग्रेसप्रति आरोप लगाए ।
काँग्रेसले एमालेसँग सहकार्य गर्न समेत नचाहेको भन्दै ओलीले करिब दश वर्ष सरकारमा रहँदा एमालेले जनहितमा थुप्रै राम्रा काम गरेको उल्लेख गरे । काँग्रेसले लामो समय सरकारमा रहँदा पनि जनहितका कामहरू नगरेको तर्क गर्दै अध्यक्ष ओलीले नेपाली जनताको आकाङ्क्षा, सुख र समृद्धिका लागि अझै दुई अवधि एमालेलाई विश्वास गर्न आग्रह गरे ।
यस्तो छ ओलीको ६७ बुँदे अपिल :