नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।
सरकारले संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।
अर्थमन्त्री जनादर्न शर्माले जेठ ३ गते बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि जेठ ४ गते प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ ।