नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।
वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेस ककनी २ नं वडाले पनि आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । बिगतमा गुमेको ककनी वडा नं २ को साँख फर्काउने हेतुले वडा अध्यक्षका उम्मेद्वार तिलक लामा प्रत्येक मतदाताकोमा घरदैलो कार्यक्रम लिएर पुगेका छन् ।
अध्यक्षका उम्मेदवार लामा भन्छन्, ‘काँग्रेसको जनलहर देखेर म उत्साहित छु । वडाबासीहरुको स्वतःस्फुर्त काँग्रेस प्रति देखाएको माया र भरोसाले काँग्रेसलाई जिताइसकेको अनुभुति दिलाउँछ । कार्यकर्ताहरुको उत्साहजनक सहभागिताले जित पक्का भइसक्यो भन्न कुनै गाह्रो छैन । हामी राम्रो मतले विजय हासिल गर्नेछौँ ।’
कम्युनिष्टहरु फुटेर विभाजित हुँदा काँग्रेस देशकै अभिभावकीय पार्टीको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । ७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता केदार पौडेलले जितेको ५ वर्ष सम्ममा वडाबासीले चाहेको विकास हुन सकेन, हरेक विकासका कामहरुमा विभेदपूर्ण तवरले काम भए । आफू निकटका व्यक्तिहरु मार्फत उपभोक्ता समिति बनाएर विकासका बजेटमा चरम भ्रष्टचार भयो, पक्षपात ढगंबाट कामहरु भए त्यसैको परिणमा हो आज वडामा काँग्रेस प्रति उत्साह पूर्णतवरले फैलिएको जनलहर ।
बिगतको अध्यक्षबाट गरेका विभेदकारी कामले काँग्रेस उम्मेदवारलाई थप जिम्मेवार बनाएको छ । वडाका जनताको चाहना र आवश्यतताको आधारमा निष्पक्ष तथा पारदर्शी कामहरु गरी मन जित्नु पर्ने छ । र, त्यसैमा अध्यक्षको मूल्याकंन वडाबासीले गर्नेछन् । समृद्ध र विकसित वडा बनाउन अध्यक्ष लामाको योजना र कार्यकौशलताले पक्कै सार्थकता पाउने छ । वडाका जनताहरुको हेरक दु:ख सुखमा साथ दिँदै आफूलाई अब्बल अध्यक्षको रुपमा स्थापित गर्नु नै लामाका लागि हितकर हुनेछ ।