नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।
‘राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलवार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको छ ‘राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
विज्ञप्ति