नवकान्तिपुर संवाददाता
काठमाडौं
२८ वैशाख वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेस ककनी ३ नं वडाले पनि आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई २७ गते मध्यरातबाट बन्द गरेको छ । मंगलबार मध्यरातबाट मौन अवधि शुरु भएकाले मत माग्ने र घरदैलो कार्यक्रम गर्न नपाइने आयोगको आचारसंहिता भित्र पर्दछ ।
यद्यपि मौनअवधिमै मतदाताहरुलाई विभिन्न प्रलोभनमा पारी प्रभावित गर्न दलका नेता तथा कार्यकर्ता लागिपरिरहेका छन् । ‘तर, ककनी ३ नं वडाका जनताहरु सचेत हुन आवश्यक छ, विगतमा पनि क्षणिक स्वार्थ र प्रलोभनले पाँच वर्ष पछुताउन बाहेक केहि रहेन र अहिले बुद्धिमानी पूर्वक निर्णय गर्नेमा वडाबासी प्रति कुनै शंका छैन’ नेपाली काँग्रेस ककनी ३ नं वडा अध्यक्षका उम्मेदवार श्रीहरी ढकाल बताउँछन् ।
ककनी ३ नं वडाको बिगतमा गुमेका साँख फर्काउने हेतुले वडा अध्यक्षका उम्मेदवार ढकाल प्रत्येक मतदाताकोमा घरदैलो कार्यक्रम लिएर पुगेका थिए । अध्यक्षका उम्मेदवार ढकाल भन्छन् ‘काँग्रेसको जनलहर देखेर म उत्साहित छु । वडाबासीहरुको स्वतःस्फुर्त काँग्रेस प्रति देखाएको माया र भरोसाले काँग्रेसलाई जिताइसकेको अनुभुति दिलाउँछ । कार्यकर्ताहरुको उत्साह जनसहभागिताले जित पक्का भइसक्यो भन्न कुनै गाह्रो छैन । हामी राम्रो मतले बिजय हासिल गर्नेछौँ ।’
कम्युनिष्टहरु फुटेर शक्ति बिभाजित हुदाँ काँग्रेस देशकै अभिभावकीय पार्टिको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । ७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता घननाथ बजगाईंबाट ५ वर्ष सम्ममा वडाबासीले चाहेको विकास हुन सकेन, हरेक विकासका कामहरुमा विभेदपूर्ण तवरले काम भए । आफू निकटका व्यक्तिहरु मार्फत उपभोक्ता समिति बनाएर विकासका बजेटमा चरम भ्रष्टचार भयो, पक्षपात ढगंबाट कामहरु भए त्यसैको परिणमा हो आज वडामा काँग्रेस प्रति उत्साह पूर्णतवरले फैलिएको जनलहर ।
बिगतको अध्यक्षबाट गरेका विभेदकारी कामले काँग्रेस उम्मेदवारलाई थप जिम्मेवार बनाएको छ । वडाका जनताको चाहना र आवश्यतताको आधारमा निष्पक्ष तथा पारदर्शी कामहरु गरी मन जित्नु पर्ने छ । र, त्यसैमा अध्यक्षको मूल्याकंन वडाबासीले गर्नेछन् । समृद्ध र विकसित वडा बनाउन अध्यक्ष ढकालको योजना र कार्यकौशलताले पक्कै सार्थकता पाउनेछ । वडाका जनताहरुको हेरक दु:ख सुखमा साथ दिँदै आफूलाई अब्बल अध्यक्षको रुपमा स्थापित गर्नु नै ढकालका लागि हितकर हुनेछ ।