बाबुरामलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण (विज्ञप्तिसहित)

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज (शुक्रबार) स्थानीय तहको मतदान गर्दा भट्टराईले आफूले गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

‘जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ’ आयोगले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।



त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । आज भट्टराईले मतदान गरेलगत्तै सामाजिक सञ्जाल मार्फत मतपत्र सार्वजनिक गरेका थिए ।

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार