नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले र उपमेयरमा नेकपा एमालेको सुनिता डंगोलले अग्रता बनाएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ५८३ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४८८ मत पाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४० मत प्राप्त गरेकी छिन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९ मत प्राप्त गरेका छन् । अहिले वडानम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । वडानम्बर १,२,३ र ३२ मा को मत गणना भइरहँदा सुनिताले ३९५ मत ल्याएकी छिन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले ८५ मत पाएकी छन् । यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ४१ मत पाएका छन् ।