भरतपुरमा रेनु अघिअघि विजय पछिपछि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १३०५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत पाएका छन् ।



यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १५४२ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले १०३५ मत पाएकी छिन् ।

 

 

सम्बन्धित समाचार