नवकान्तिपुर संवाददाता
काठमाडौं, १ जेठ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
उक्त वडामा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव वडाध्यक्षमा विजयी भएका हुन् । यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार जसपा नेपालका राजकुमारले ५६५ मत प्राप्त गरे ।
उनको परिवारमाथि निर्वाचनअघि साङ्घातिक आक्रमण भएको थियो जसमा यादवको बुबा घाइते भएका थिए ।