नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ जेठ ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको र उनी अन्य प्रतिस्पर्धी भन्द झन्डै दोब्बर मतले अघि रहेका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले १०३५१ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहेका छन् । स्थापित ५५१४ मत सहित दोस्रो स्थानमा रहेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । यस्तै राप्रपाक मदनदास श्रेष्ठले ८४५ मत ल्याएका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले ९४१९ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २५७५ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले १७०९ मत पाएकी छन् ।