नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीबीच रोचल प्रतिस्पर्धा भएको छ ।
२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत ल्याएकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजयले ८ हजार १८४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् । पौडेल कांग्रेसको बागी उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका हुन् ।
यसैगरी उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ६ हजार ६६८ मत पाएकी छिन् ।