४१० स्थानीय तहको मत परिणाम सार्वजनिक, कसको कति सिट ? (सूचीसहित)

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज (बुधबार) बिहान १० बजेसम्म सार्वजनिक ४१० स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।

नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म ५२ प्रमुख र १३९ अध्यक्षसहित १३९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । त्यस्तै एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गर्दा ४ प्रमुख र ३२ अध्यक्ष पदमा अग्रता हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय भएको छ ।



नेकपा (एकीकृत समाजवादी) ले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिका जितेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ । त्यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले पालिका प्रमुख जित्दा ११ उम्मेदवारले ११ अध्यक्ष पद जितेको छ ।

यो समव्हार तयार पार्दा सम्म काँग्रेसले ६३ स्थानमा प्रमुख र ४३ स्थानमा अग्रता लिएको छ भने एमालेले ४ प्रमुख र ३२ अध्यक्ष पदमा, माओवादीले १४ प्रमुख र १८ अध्यक्ष पदमा अग्रता लिएको छ । त्यस्तै एकीकृत समाजवादीले ५ प्रमुख पदमा रअध्यक्ष पदमा १४ स्थानमा अग्रता बनाएको छ । यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी २७ स्थानमा अग्रता हासिल गर्दा १४ स्थानमा अध्यक्ष पद जितेको छ भने १४ पालिकामा अग्रता बनाएको छ ।

सम्बन्धित समाचार