नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन् ।
विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने नका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गरेक थिए । त्यसैगरी उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गरी निरव्चित भएका हुन् भने भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गरेकी थिइन् ।
उक्त नगरपालिकामा कूल १२ वटा वडा रहेकोमा ६ वटामा गठबन्धनको माओवादी केन्द्रले जित निकाल्दा समान ३-३ वडामा गठबन्धनकै नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जित हासिल गरेको थियो ।