नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ८५२ मतले अघि भएकी छन्। भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले ११,०९० मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले १,०९० मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ र राप्रपाका हिमला गुरुङले ६ हजार ९९२ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा हालसम्म ३०,२५२ मतगणना भएको छ। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायम गरेको छ ।