सप्तरीबाट सिके राउतकाे पार्टीले खोल्यो खाता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ सिके राउतको जनमत पार्टीको प्यानल नै विजयी भएको छ । जितसँगै सिके राउतको जनमत पार्टीले सप्तरीबाट स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ ।

जनमत पार्टीका तर्फबाट वीरेन्द्र माझीले ६ हजार ४०७ मत ल्याउँदै नगर प्रमुखमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी शैलेशकुमार साह ६ हजार २४६ मत प्राप्त गरेका थिए । माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय ६१ मत अन्तरले जित हासिल गरेका हुन्



त्यस्तै महिला सदस्यमा जनमतकी अनमोला माझीले ११४४, दलित महिला सदस्यमा कौशिलादेवी चमारले १८६८, खुल्ला सदस्यमा उमेशकुमार मण्डलले १७७४ र रुपेशकुमार यादवले १७८३ मत प्राप्त गरी विजयी भए ।

सम्बन्धित समाचार