नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ३,०५७ मतले अघि भएकी छन् । आज (बिहीबार) बिहान १० बजेको मतगणना अनुसार रेनु तीन हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।
मेयरमा दाहालले १५,१३४ मत ल्याउँदा नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले १२,०७७ मत प्राप्त गरेका छन्स्व । त्यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ६,२५३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७,५३५ र राप्रपाका हिमला गुरुङले ९,७३२ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिकामा हालसम्म ३९,९६१ मतगणना भएको छ। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।