७०० स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति सिट जिते ? (सूचीसहित)

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा आइसकेको छ । जसमध्ये स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा आइसकेको आयोगले जनाएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले १२४ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०८ स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी नेकपा एमालेले ६७ नगर प्रमुख र १२१ गाउँपालिका गरी १८८ पालिकामा विजय हासिल गरेको छ ।



माओवादी केन्द्रले २४ नगर प्रमुख र ९६ गाउँपालिका गरी कुल ११२ वटा पालिका जितेको छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ । स्वतन्त्र तथा अन्य दलले अहिलेसम्म ५० वटा पालिका जितेका छन् ।

मतगणना जारी रहेका स्थानीय तहमध्ये कांग्रेस १० प्रमुख र ४ अध्यक्ष पदमा, एमाले १५ प्रमुख र २ अध्यक्षमा र माओवादी प्रमुख २ पालिकामा अगाडी छन् । हाल साना पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पालिकामा १५ स्थानमा अग्रता बनाएका छन् ।

 

सम्बन्धित समाचार