नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको जित पक्का भएको छ ।
पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले महर्जनले ४० हजार ९२८ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महर्जन व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् । ललितपुर महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ ।
त्यस्तै उपमेयरमा एमालेकी मञ्जली मञ्जली शाक्यको पनि जित पक्का भएको छ । उनी नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यभन्दा ठूलो मतान्तरले अघि रहेकी छिन् । वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् ।