काठमाडौँमा बालेनले कटाए ५० हजार मत, उपमेयरमा सुनिता जित नजिक

काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साह १९ हजारभन्दा बढी मत अन्तरले अगाडी रहेका छन् भने सुनिता ३५ हजार भन्दा बढी मत अन्तरले अघि रहेकी छिन् ।

साहले ५१ हजार १६३ मत ल्याएका हुन् । त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२ हजार ५९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार १६६ मत पाएका छन् । केशव सिर्जना भन्दा ८९३ मतले पछि रहेका हुन् । बालेन साह कांग्रेसकी सिर्जनाभन्दा १९,१०४ मतले र एमालेका स्थापित भन्दा १९,९९७ मत अन्तरले अगाडि रहेका छन् ।



त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल जित नजिक पुगेकी छिन् । सुनिताले ५४,०९१ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १८,६५५ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले ९,७६२ मत पाएकी छन् । सुनिता एकीकृत समाजवादीका रामेश्वर भन्दा ३५,४३६ र राप्रपाकी विनिता भन्दा 4। ३२९ मत अन्तरले अघि रहेकी छिन् ।

काठमाडौँ महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो । अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ भने वडा नम्बर १७ को मतगणना सुरु हुनै बाँकी रहेको छ ।

 

सम्बन्धित समाचार