नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । आज (बिहीबार) सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको वृहत्त पूर्ण इजलासले सो निर्णय गरेको हो । चारकोसे झाडीको बीचमा रहेको निजगढको जङ्गल मासेर विमानस्थल बनाउन लागिएको भन्दै वातावरणविद् वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडे लगायतलले रिट दायर गरेका थिए ।
उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न परमादेश जारी गरेको हो ।सर्वोच्चका प्रवक्ता बिमल पौडेलले सरकारको निर्णय सर्वोच्चले बदर गरेको र परमादेश जारी भएको जानकारी दिए । बाराको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो ।