बालेन साहलाई बधाई दिँदै माधव नेपालले यसो भने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

आज (शुक्रबार) काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै नेपालले उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका हुन् ।



‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौँलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले सन्देशमा भनेका छन् । त्यस्तै अध्यक्ष नेपालले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

सम्बन्धित समाचार