राष्ट्रपतिद्वारा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा (विज्ञप्तिसहित)

गणतन्त्र दिवसको अवसरपारी राष्ट्रपति विद्यादेवी भण्डारीले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी छन् । सरकारको सिफारिसमा राष्टपति भण्डारीले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवा समेतका ५४७ गरी कूल ८१८ जना कैदीहरूको बाँकी कैद सजाय २०७९ जेठ १५ गतेदेखि मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तीमा जनाइएको छ ।



मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकको सिफारिसमा २०७९ जेठ १५ गते देखि लागू हुने गरी ‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ अनुसार गणतन्त्र दिवस, २०७९ को अवसरमा उनीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

 

 

सम्बन्धित समाचार